• २०८१ बैशाख ५ बुधबार

व्यापारीक मार्गको ट्राफिक बत्ती अलपत्र: महशुल कसले तिर्ने भन्ने अन्यौल

kharibot

बारा । सवारीको गति नियन्त्रण गर्न वीरगंज-पथलैया व्यापारीक मार्ग आयोजनाले चार महिना अघि स्थापना गरेको ट्राफिक बत्ती अलपत्र परेको छ ।

सिमरादेखि पथलैयासम्म सडक र चोकका एक सय ९० वटा पोलमा राखिएका बत्तीको महशुल कसले तिर्ने भन्ने अन्यौल भए पछि सञ्चालनमा आउन नसकेको हो ।

आयोजनाले ६ लेनको सडक बिस्तार गरेसँगै ट्राफिक बत्ती नभए कै कारण पथलैया र सिमरा चोकमा दैनिक जसो सवारी दुर्घटना र मानवीय क्षति हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

बत्तीको परिक्षण गरेर आयोजनाले चार दिन बाले पनि यसको सञ्चालन सडक डिभिजन वा स्थानीय तहले गर्नु पर्ने भन्दै आयोजनाले नियमित नगरेको हो । 

सडक वत्ती निर्माणको जिम्मा आफुहरुको भए पनि सञ्चालनको जिम्मेवारी अन्य सरोकार पक्षहरुको रहेको आयोजनाका प्रवक्ता इन्जिनियर संजिव कुमार गुप्ताले बताएका छन् ।

वीरगंज-पथलैया व्यापारीक मार्गमा चोक र सडक व्यवस्थित गर्न आयोजनाले प्रदेश २ मैं पहिलो पटक आधुनिक सडक बत्ती जडान गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै