• २०८१ बैशाख ७ शुक्रबार

लोकप्रियताका कारण एमाले चौतर्फी घेराबन्दीमा : महासचिव पोखरेल

kharibot

बारा । एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फी घेराबन्दी भएको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताएका छन् ।

नेकपा एमाले बाराको दशौं जिल्ला अघिवेशनको उदघाटन सत्रमा बोल्दै पोखरेलले जनताले रुचाए कै कारण अहिले एमाले विरुद्ध गठबन्धन भएको दाबी गरेका हुँन् ।

’जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्,’ महासचिव पोखरेलले भने, ‘एक प्रकारले पार्टी विरुद्ध घेराबन्दी छ र नेतृत्व माथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउँने प्रयास पनि भएको छ ।’

एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उनले प्रस्ट पारे । महासचिव पोखरेलले एमालेले शिक्षा, स्वास्थ्य लगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गरे ।

उनले आउँने  निर्वाचनमा नेकपा एमाले नैं मधेसी जनताको रोजाइको पार्टी हुँने पनि बताए । उनले विगतका सरकारले मधेसको लाइफ लाइनको रूपमा रहेको हुलाकी सडकलाई ठेक्का लगाएर काम गर्न नसके पछि एमालेको सरकारले पूरा गरेको उनको भनाई थियो ।

विभिन्न अवसरवादीका कारण नेकपा एकता टुटेको बताउँदै उनले आउँने निर्वाचनमा नेकपा एमाले नैं देशको पहिलो शक्तिको रूपमा स्थापित हुँने उनले दाबी गरे । 

कार्यक्रममा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायत विभिन्न पार्टी परित्याग गरि ५ दर्जन भन्दा बढी एमाले प्रवेश गरेका थिए ।
 
कार्यक्रममा केन्द्रिय सदस्य एवंम् पोलिटब्युरो सदस्य पुरूषोत्तम पौडेल, अचुत मैनाली, प्रभु साह, ज्वाला साह लगायतले बोलेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै