• २०८१ बैशाख ८ शनिबार

कस्तो छ कोरोना संक्रमित लता मंगेशकरको स्वास्थ्य ?

kharibot

काठमाडौँ । कोरोना पोजेटिभ भएपछि लता मंगेशकरको अहिले अस्पतालमा उपचार भैरहेको छ ।

उनको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचार भैरहेको छ । उनकी भान्जी रचना शाहले ९२ वर्षीया लता मंगेशकरका फ्यानका लागि स्वास्थ्य अपडेट जारी गरेकी छन् ।

लताको अवस्था अहिले स्थिर रहेको र निको भैरहेको उनकी भान्जी रचना शाहले बताएकी छन् । उनी हाल अक्सिजन सपोर्टमा रहेको उनले बताएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । उनले भनेकी छन्- 'उनको उमेरका कारण अरु पनि धेरै समस्या छन्, जसका कारण चिकित्सकहरुले उनको विशेष हेरचाह गरिरहेका छन् । त्यसैले उनी केही दिन अस्पतालमै रहन सक्छिन ।'

रचनाले लताको स्वास्थ्य पूर्ण रुपमा स्थिर रहेको बताएकी छन् । उनले भनेकी छन्-  'भगवान साँच्चै दयालु हुनुहुन्छ। उहाँ लडाकु हुनुहुन्छ। उनी कोरोनाबाट जितेर छिट्टै घर फर्कनेछन् भन्ने आशा राख्दछौं । उहाँका लागि प्रार्थना गर्ने सबै प्रशंसकहरूलाई धन्यवाद दिन चाहन्छु । जब धेरै मानिसहरू उहाँको लागि प्रार्थना गर्दैछन्, उहाँसँग केहि पनि गलत हुन सक्दैन ।'

ब्रीच क्यान्डी अस्पतालका डा. प्रतीक समदानीले पनि विज्ञप्ति जारी गर्दै लताको उपचारका लागि उत्कृष्ट चिकित्सकको टोली तयार पारिएको र उनीहरुको उपचार भइरहेको बताए । उनी कोरोनाका साथै निमोनियाबाट पनि पीडित छन् । त्यसैले अब उनलाई १०–१२ दिन आइसियुमा चिकित्सकको निगरानीमा राखिने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै