• २०८१ बैशाख ४ मंगलबार

हिमालयन बैंकको शाखा सुदुरपश्चिमको कञ्चनपुर चम्मनचोकमा

kharibot

काठमाडौँ । हिमालयन बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित भीमदत्त नगरपालिका चम्मनचोकमा २०७८ साल पुष २६ गते सोमबार देखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ ।  

बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई  अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ । 

महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।

यस शाखा समेत कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४८ र ५,००० भन्दा बढी पिओएस टर्मिनल संख्या मार्फत बैंकिंग सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै