• २०८१ बैशाख १४ शुक्रबार

न्यूयोर्कमा अपार्टमेन्टमा आगलागी, नौं बालबालिकासहित १९ जनाको मृत्यु

kharibot

काठमाडौँ । न्यूयोर्कको एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा नौ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

न्यूयोर्कका मेयर एरीक एडम्सका अनुसार अन्य ३२ जनालाई अस्पताल भर्ना गरिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

बिबिसीका अनुसार १९ तले ब्लकमा भएको यो आगलागी न्यूयोर्कमा ३० वर्षयताकै सबैभन्दा खराब देखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

स्थानीय समय अनुसार राति ११:०० ब्रोन्क्स अपार्टमेन्ट ब्लकको दोस्रो र तेस्रो तल्लामा आगलागी भएको थियो ।

आगो निभाउन करिब २०० फायर फाइटरहरूको प्रयोग गरिएको थियो ।

घटनामा कुल ६३ जना घाइते भएका छन् जसमा ३२ जनालाई अस्पताल लगिएको छ । जसमा १३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आगो लागेको ब्रोन्क्सको क्षेत्र ठूलो मुस्लिम आप्रवासी जनसंख्याको घर हो र आगोबाट प्रभावित धेरैजसो गाम्बियाबाट अमेरिका आएको मानिन्छ ।

फिलाडेल्फियाको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको ज्यान गएको केही दिनपछि यो घटना घटेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै