• २०८१ बैशाख ७ शुक्रबार

तुर्कमेनिस्तानले किन ‘गेट वे टु हेल’को आगो निभाउदै छ ?

kharibot

काठमाडौँ । तुर्कमेनिस्तानका राष्ट्रपतिले देशमा रहेको ‘गेट वे टु हेल’अर्थात 'नर्कको ढोका' लाई निभाउन आदेश दिएका छन् । तुर्कमेनिस्तानको उत्तरमा ‘गेट्स अफ हेल’ वा ‘गेट अफ हेल’ भनिने ठूलो क्रेटर रहेको छ ।

काराकुम मरुभूमिले तुर्कमेनिस्तानको ७० प्रतिशत भाग ओगटेको छ । यो ३.५ लाख वर्ग किलोमिटर मरुभूमिको उत्तर तर्फ गेट क्रेटर नामको ठूलो खाडल रहेको छ । ६९ मिटर चौडा र ३० मिटर गहिरो खाडलमा विगत केही दशकदेखि आगो बलिरहेको छ तर यसको कारण कुनै ‘डेविल’ नभई यसबाट निस्कने प्राकृतिक ग्याँस (मिथेन) हो ।

राष्ट्रपति गुरबांगुली बेर्दीमुखमेडोभ यसलाई वातावरणीय र स्वास्थ्य कारणका साथै ग्यास निर्यात बढाउने प्रयासका लागि यो बन्द गर्न चाहेको मिडिया रिपोर्टमा बताइएको छ । एक टेलिभिजन सन्देशमा, राष्ट्रपति गुरबांगुलीले भने, "हामीले महत्त्वपूर्ण प्राकृतिक स्रोतहरू गुमाउँदैछौं जुन हाम्रो लागि ठूलो फाइदा हुन सक्छ । हामीले यसलाई हाम्रा जनताको जीवन सुधार गर्न प्रयोग गर्न सक्थ्यौं ।" त्यसका साथै उनले अधिकारीहरूलाई "आगो निभाउने बाटो खोज्न" आदेश दिए ।

तर, तुर्कमेनिस्तानले ‘गेट वे टु हेल’ मा लागेको आगो निभाउने प्रयास गरेको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१० मा राष्ट्रपतिले विज्ञहरुलाई यो आगो निभाउने उपाय खोज्न आग्रह गरेका थिए ।

कहिले बन्यो यो खाडल ?

धेरै मानिसहरू विश्वास गर्छन् कि सन् १९७१ मा सोभियत संघका भूवैज्ञानिकहरूले काराकुम मरुभूमिमा कच्चा तेलको भण्डार खोजिरहेका थिए । यहाँ एक ठाउँमा प्राकृतिक ग्यासको भण्डार फेला परे पनि खोजीका क्रममा त्यहाँको जमिन डुबेर तीनवटा ठूला खाल्डा बनेका थिए । यी खाल्डाहरूबाट मिथेन चुहने खतरा थियो, जुन वायुमण्डलमा पग्लिन सक्छ । एउटा सिद्धान्तका अनुसार यसलाई रोक्नको लागि भूवैज्ञानिकहरूले तीमध्ये एउटामा आगो लगाएका थिए । केही साताभित्रै मिथेन निस्किने र आगो आफैं निभाइने उनीहरुको विश्वास थियो । तर त्यस्तो भएन र आगो अहिलेसम्म बलिरहेको छ ।

२०१३ मा, नेसनल जियोग्राफिक च्यानलको लागि बनाइएको एक कार्यक्रमको क्रममा, एक खोज टोली तुर्कमेनिस्तानको यस क्षेत्रमा पुगेको थियो । यो खाडलमा ‘निरन्तर दन्किरहेको’ आगो वास्तवमा कहिलेबाट सुरु भयो भनेर उनीहरु पत्ता लगाउन खोज्दै थिए ।

तर सो अनुसन्धानले पूर्ण उत्तर दिनुको सट्टा थप प्रश्न खडा गरेको देखियो । तुर्कमेनिस्तानका भूगर्भशास्त्रीहरूका अनुसार यो विशाल क्रेटर वास्तवमा १९६० को दशकमा बनेको थियो तर १९८० को दशकमा मात्रै यसमा आगो लागेको थियो ।

स्वास्थ्यमा असर 

मरुभूमिको बिचमा यो आगोको खाडल निस्किएको हुनाले यसबाट जनधनको क्षति हुने डर पनि थिएन र यसको अन्य प्रभाव भने रहेको छ । सोभियत संघमा त्यतिबेला प्राकृतिक ग्यास वा इन्धनको अभाव नभएको भन्दै विज्ञहरूका अनुसार हरेक वर्ष सात लाख घनमिटर प्राकृतिक ग्यास उत्पादन हुने गरेको छ । यो सत्य हो कि कार्बनडाइअक्साइड ग्यास वायुमण्डलमा छोड्नु हानिकारक छ, तर मिथेन ग्यास वायुमण्डलमा छोड्नु त्यो भन्दा बढी हानिकारक छ । इराक, इरान र अमेरिका जस्ता धेरै देशहरूले पनि यसलाई वायुमण्डलमा छोड्नुको सट्टा जलाउँछन् ।

धेरै मान्छे हेर्न जान्छन्

यो क्रेटर तुर्कमेनिस्तानको सबैभन्दा लोकप्रिय पर्यटक आकर्षणहरू मध्ये एक हो । तर, यसपछि सन् २०१८ मा राष्ट्रपतिले औपचारिक रूपमा नाम परिवर्तन गरी ‘शाइनिङ अफ काराकुम’ राखेका थिए । बर्सेनि करिब छ हजार पर्यटक आउने यो देशका लागि मिथेन उड्ने खाडल देशकै सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य बनेको छ । काराकुम मरुभूमिमा रहेको यो खाडल रातमा पनि टाढाबाट देखिन्छ र धेरै पर्यटक यसलाई हेर्न जान्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै