• २०८१ बैशाख ८ शनिबार

एभरेष्ट बैंकद्वारा भक्तपुर सिसिटिभि जडान समितिलाई आर्थिक सहयोग

kharibot

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले भक्तपुरको सिसिटिभि. जडान समितिलाई एक लाख सहयोग गरेको छ ।

भित्री सडकखण्डमा सिसिटिभि जडान कार्यमा सहयोगका लागि एभरेष्ट बैंक लिमिटेडको तर्फबाट एक लाखको चेक बैंकका संचालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले भक्तपुर सिसिटिभि. जडान समितिका सचिव पदम लाल सिलाकारलाई महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालयमा एक कार्याक्रमका बीच हस्तान्तरण गरेका छन् । 

पौराणिक कला संस्कृति तथा पौराणिक महत्वले भरिपूर्ण जिल्ला भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभि जडान समितिको उद्देश्यप्रतिको बैंकले सहयोग गरेको जनाएको छ ।

सो कार्यक्रममा बैंकका तर्फबाट बजार व्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेति र समितिको तर्फबाट सदस्य–सचिव प्रहरी नायव उपरिक्षक राजु पाण्डेको समेत उपस्थिति रहेको थियो ।

एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौं सन्तुष्ट ग्राहकहरु आवद्ध छन् । देशैभरि छरिएर रहेको आप्mनो १०५ शाखा संजाल, १३८ एटिएम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाईल र इन्टरनेट र एसएमएस् बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजश्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै