• २०८१ बैशाख १३ बिहीबार

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट पहिलो मृत्यु

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट पहिलो मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार साँझ ओमिक्रोनबाट पहिलो मृत्यु भएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा एक ओमिक्रोन संक्रमित वृद्धको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालका अनुसार मृत्यु भएका बिरामीहरू मधुमेह र अन्य घातक रोगबाट पीडित थिए ।

भारतमा ओमिक्रोनको पहिलो केस डिसेम्बर १२ मा केरला राज्यमा रिपोर्ट गरिएको थियो । यसअघि २४ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट देखा परेको बताएको थियो जसको नाम ओमिक्रोन राखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनबाट विश्वमा हालसम्म १०८ जनाको मृत्यु भएको छ । मन्त्रालयले ओमिक्रोनको तिब्र संक्रमण भइरहेको जनाएको छ । भारतमा पछिल्लो आठ दिनमा केस ६ गुणाले बढेको छ । मन्त्रालयका अनुसार पछिल्लो ८ दिनमा कोरोनाका नयाँ संक्रमितमा ६ गुणाभन्दा बढीको तीव्र वृद्धि भएको छ ।

बुधबार सार्वजनिक भएको तथ्याङ्कमा देशमा ५८ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको बताइएको छ । भारतमा अहिले २१ सय भन्दा बढी ओमिक्रोनका संक्रमित रहेका छन् जसमा करिब ८ सयलाई ठिक भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै