• २०८१ बैशाख ७ शुक्रबार

एभीसी सेन्ट्रल जोन : पुरुषतर्फको उपाधि श्रीलंकालाई

kharibot

काठमाडौं । श्रीलंकाले आयोजक बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधि जितेको छ । 

मंगलबार ढाकामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फको फाइनलमा श्रीलंकाले बंगलादेशलाई २८–२६, २५–२० र २५–२० ले पराजित गर्‍यो । 

यसअघि उज्बेकिस्तानले नेपाललाई पराजित गर्दै पुरुषतर्फको तेस्रो स्थान हासिल गरेको छ । 

यस्तै मंगलबार नै सम्पन्न महिलातर्फ श्रीलंकाले किर्गिस्तानलाई हराउँदै तेस्रो स्थान हात परेको छ । 

साबिक विजेता नेपाली महिला टोलीले उज्बेकिस्तानलाई ३-२ को रोमाञ्चक सेटमा हराएर उपाधि रक्षा गरेको थियो । 

बिहीबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ पाँच  र महिलातर्फ ६ टोलीको सहभागिता थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै