• २०८१ बैशाख ६ बिहीबार

अमेरिकी अभिनेत्रीले आफ्नो कुकुरको नाम अस्ट्रेलियाका मन्त्रीको नाम किन राखिन ?

kharibot

काठमाडौँ । अमेरिकी अभिनेत्री एम्बर हर्डले आफ्नो नयाँ कुकुरको नाम अष्ट्रेलियाका उपप्रधानमन्त्री बर्नाबी जोयसको नाम राखेपछि नयाँ विवाद शुरु भएको छ । मन्त्री जोयसले अभिनेत्री हर्डले कुकुरको नयाँ नाम आफ्नो नाम राखेको थाहा पाएपछि आफूलाई उपलब्धिको महसुस भएको टिप्पणी गरेका छन् ।

२०१५ को यो प्रसंग अहिले आएर बल्झिएको छ । २०१५ मा अभिनेत्री हर्ड अस्ट्रेलियाको क्विन्सल्याण्डमा उनका तत्कालीन पति जोनी डेपलाई भेट्न दुइ कुकुरसहित पुगेकी थिइन् ।डेपले त्यति बेला क्विन्सल्याण्डमा पाइरेट्स अफ द क्यारिबियन फिल्महरू मध्ये एक फिल्मको शुटिंग गरिरहेका थिए । त्यति बेला अभिनेत्री हर्डले लगेका दुई कुकुरलाई हटाउन दिएको निर्देशन नमाने पछि विवाद भएको थियो ।

त्यसबेला जोयस अस्ट्रेलियाको कृषिमन्त्री थिए । उनले कुकुरहरूलाई संयुक्त राज्य अमेरिका फर्किनु पर्छ वा क्वारेन्टाइनमा राख्नुपर्ने बताएका थिए ।

डेपले त्यति बेला जवाफ दिदै मन्त्री जोयसलाई अष्ट्रेलियाबाट पसिनाले भरिएको, ठूलो पेट भएको मानिस भनेका थिए ।

आइतवार, अभिनेत्री हर्डले एक ट्वीटमा नयाँ कुकुरलाई परिचय गराउदै उसको नाम बर्नाबी जोयस रहेको बताएपछि यो विवाद फेरी बल्झिएको हो ।

मन्त्री जोयसले अभिनेत्री हर्डको नाम छनोटमा ठीक रहेको बताउदै जनावरहरूसँग कुनै समस्या नरहेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्- 'मैले उपलब्धिको वास्तविक भावना पाएको छु किनकी मैले उनीहरूको बारेमा बिर्सेको लामो समय पछि पनि म उनको टाउकोमा छु ।'

साथै उनले आफु अब जोनी डेपभन्दा माथि रहेको बताए ।

त्यसबेलाको विवाद बढ्ने क्रममा उनीहरुको निजी जेट क्विन्सल्याण्ड आउदा अध्यागमनमा गलत विवरण दिएको विषयमा २०१६ मा हर्डले दम्पतीले माफी माग्ने भिडियो जारी गर्नुपरेको थियो । जसमा उनीहरूले गल्ति स्वीकार गर्दै यात्रुहरूलाई अष्ट्रेलियाको क्वारेन्टाइन कानूनको सम्मान गर्न सल्लाह दिएका थिए । अष्ट्रेलियामा आयातित संक्रमण रोक्नको लागि पशुलाई क्वारेन्टिनमा राख्नु पर्ने धेरै पहिला देखिको कानुन रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै