• २०८१ बैशाख ७ शुक्रबार

संखुवासभामा कुटपिटबाट दुई जनाको मृत्यु

kharibot

संखुवासभा । संखुवासभामा दुई स्थानमा भएको कुटपिटबाट दुई जनाको मृत्यु भएको छ ।  कुटपिटबाट पाँचखपन नगरपालिका-३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारी जानकारी दिए । 

प्रहरीले विष्णुमायाको हत्यामा संम्लग्न भएको आरोपमा श्रीमान दिपन राईलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक अधिकारी बताए ।

त्यस्तै मंगलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जी मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनीहरूबीच भएको विवादमा कुटपिट हुँदा चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते चन्द्रबहादुरको उपचारका क्रममा जिल्ला अस्पताल संखुवासभामा मंगलबार दिउँसो मृत्यु भएको हो ।

हत्यामा संम्लग्न भएको आरोपमा जीवन दर्जीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै