• २०८१ बैशाख १३ बिहीबार

काँग्रेसको संस्थापन इतरलाई सभापतिका उम्मेदवार छान्नै हम्मेहम्मे

kharibot

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षलाई आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न हम्मेहम्मे परेको छ ।

यो समूहबाट सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी छन् । यद्यपिऽ सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले यसअघि नै बताएका थिए ।

तर, साझा उम्मेदवार छान्न चार दिनको प्रयासले सार्थकता पाउन सकेको छैन । 

नेता गुरु घिमिरेका अनुसार नेताहरुबीच आज बिहान बानेश्वरमा  छलफल हुनेछ । यसअघि सभापतिका आका‌क्षीहरुबीच छलफल हुँदै आएको थियो । तर आज सभापतिका आकांक्षीबाहेकका केन्द्रीय सदस्यबीच छलफल हुनेछ । 'उम्मेदवार बन्ने विषयमा निर्णय गरेर सुझाव दिन्छौँ,’ उनले भने, ‘उहाँहरु बाहेकको छलफल गरेर विकल्पसहितको धारणा पेस गरेपछि मिल्ला ।'

उनका अनुसार वरिष्ठ नेता पौडेल सहमतिका लागि त्याग गर्न तयार भएपनि सिंह र शेखरबीच सहमति हुन नसकेको हो । 

१४औँ महाविधेशनका लागि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै