• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

kharibot

काठमाडौँ । बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा बायर्न म्युनिखसँग ३-० गोल अन्तरले पराजित भएपछि बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

बायर्नको जितमा थोमस मुलर, लिरोय साने र जमल मुसिअलाले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह इ मा बायर्नले सबै ६ खेल जितेर १८ अंकसहित समुहमा शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ ।

त्यस्तै समुह इ बाट बेनिफिका दोस्रो हुदै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।

बार्सिलोना भने समुह मा ६ खेलमा ७ अंक सहित तेस्रो हुदै समुह चरण बाट बाहिरिएको छ भने अब युरोपा लिगका लागि छनौट भएको छ ।

यससँगै अब च्याम्पियन्स लिगको नकआउट चरणमा खेल्ने १६ मध्ये १५ क्लब छनौट भएका छन् । जसमा बायर्न म्युनिख र बेनिफिकासहित म्यानचेस्टर सिटी, लिभरपुल, अयाक्स, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड, लिले, युभेन्टस, पीएसजी, एटलेटिको म्याड्रिड, स्पोर्टिंग सिपि, इन्टर मिलान, रेड बुल साल्जबर्ग र चेल्सी रहेका छन् ।

अब समुह एफ अन्तर्गत भिल्ला रियल र एटलान्टाबीच आज राति हुने खेलपछि नकआउट चरणको समिकरण पुरा हुने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै