• २०८१ बैशाख ७ शुक्रबार

कांग्रेस महाधिवेशनको कार्यतालिका कस्तो छ ? कुन दिन के के हुदै छ ?

kharibot

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदै छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका कार्यतालिका प्रकाशन गरेको छ । 

यस्तो छ, कांग्रेस महाधिवेनको कार्यतालिका :

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपा, ललितपुरमा ।

१. महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशनः २०७८ मंसिर २४ गते बिहान १० बजे।
२. उम्मेदवारको मनोनयन दर्ताः २०७८ मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।
३. उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुँझः २०७८ मंसिर २५ गते बेलुका। ५ बजेदेखि ७ बजेसम्म।
४. दाबी विरोध उपर निर्णयः २०७८ मंसिर २५ गते बेलुका ७ बजेदेखि ९ बजेसम्म।
५. उम्मेदवारको पहिलो नामावली प्रकाशन (देवनागरिक वर्णानुक्रम अनुसार): २०७८ मंसिर २५ गते बेलुका ९ बजेदेखि १२ बजेसम्म।
६. मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समयः २०७८ मंसिर २६ गते बिहान ११ बजेसम्म।
७. उम्मेदवारको अन्तिम नामावली प्रकाशनः २०७८ मंसिर २६ गते दिउँसो १२:१५ बजे।
८. मतदानः २०७८ मंसिर २७ गते बिहान ८ बजे।

राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा।

सभापति पदको मतगणनाः मतदान समाप्त भएपछि।

सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचन सम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिनेछ । सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालय केन्द्रीय निर्वाचन समितिले तोकेको कोठामा सुरक्षित गरी कोठाको समेत शिलबन्दी गरिनेछ ।

सभापति पदको बाहेक बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना नेपाली कांग्रेस, केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै