• २०८१ बैशाख ७ शुक्रबार

भारतीय चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

kharibot

काठमाडौं । भारतको तमिलनाडुमा सेनाको हेलिकोप्टर दुर्घटनामा परेका भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ ।

भारतीय एयरफोर्सले सामाजिक सञ्जाल मार्फत रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको जानकारी दिएको छ । 

खराब मौसका कारण दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । भारतको वायुसेनाले यो दुर्घटनाको जाँचको लागि निर्देशन दिएको छ । 

रावतसँगै उनी पत्नी मधुलिका रावत, उनका डिफेन्स स्टाफ, जसमा ब्रिगेडिएर एसएल लिड्डर लेफ्टिनेन्ट जनरल सँगै थिए । यस्तै, लेफ्टिनेन्ट कर्नेल हरिजिन्दर सिंह, पीएसओ एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एलएनके विवेक कुमार, एलएनके बी साई तेजा, हवलदार सतपाल सहभागी थिए ।

रावत भारतको पहिलो डिफेन्स चिफ अफ स्टाफ हुन् । स्थल, जल र हवाई सेना गरी तिनै सेनालाई कोअर्डिनेशन गर्दै नेतृत्व प्रदान गर्न रावतलाई २०२० मा चिफ अफ डिफेन्स स्टाफ बनाइएको थियो । उनले २०१६ देखि २०१९ सम्म सेना प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै