विज्ञानलाई कसरी बुझ्ने ?

kharibot

विज्ञानको गुरु र जग भनेकै गणित हो । प्राकृतिक नियमलाई पनि गणितीय भाषामा नै व्यक्त गरिन्छ।अरु कुनै उपाय नै छैन् । ग्यालिलियो ग्यालिली भन्छ्न्--विश्व ब्रह्माण्ड एक खुल्ला किताब हो जुन गणितको भाषामा लेखेको छ जसले गणितको भाषा बुझ्दैन् त्यसलाई पढ्न सक्दैन् । यसवाट स्पष्ट हुन्छ- गणित विज्ञानको जननी हो । ब्रह्माण्डको अन्वेषण र व्याख्याको मूल आधार हो ।

हर्बर्ट स्पेन्सर भन्छ्न्- व्यवस्थित ज्ञान नै विज्ञान हो।तर विज्ञान एक गतिशिल दर्शन पनि हो, त्यति मात्र होइन् विज्ञान भनेको विश्वास नगर्नु, हो होइन भनेर प्रयोग गरेर हेर्नु हो । अवलोकन गर्नु, प्रश्न गर्नु, परिकल्पना गर्नु, प्रयोग गर्नु र निश्कर्ष निकाल्नु विज्ञानका प्रक्रियागत सिप हुन् । त्यति मात्र कहाँ हो र सत्यको खोजी गरी परीक्षण गर्नु पनि विज्ञान हो । विज्ञानले सत्य पत्ता लगाउँछ । यसैमा भौतिकशास्त्र , रसायनशास्त्र, जीव र ब्रह्माण्ड विज्ञान पर्दछन् । अझ रिचर्ड फिलिप फाइनम्यानको आश्चर्यजनक परिभाषा त के छ भने--विशेषज्ञहरुको अज्ञानतामाथि विश्वास गर्नु अर्थात विशेषज्ञहरुमाथि सन्देह गर्नु नै विज्ञान हो ।

जर्ज सार्टनको मत छ- जब कुनै पनि समस्याको समाधानको प्रयाश अत्यान्तै व्यवस्थित ढंगले पूर्व निर्धारित योजना अनुसार गरिन्छ त्यसवेला र त्यहाँ हामीलाई विज्ञानको विकासको दर्शन हुन्छ । वास्तवमा दुनियाँलाई कारण, सम्बन्ध, परिणाम र  सन्दर्भको आलोकमा हेर्नु नै  विज्ञान हो । तर्क-वितर्क, कल्पना, विश्लेषण, समालोचना, सन्दर्भ  वैद्धिकताका तत्व हुन् । विज्ञानमा यिनको अहम् भूमिका हुन्छ ।

इडवार्ड टेलरले आजको विज्ञान भोलिको प्रविधि हो भनेका छ्न् । प्रविधिको जन्मदाता विज्ञान हो । अनौठो गरि मुरील रुकिसर भन्छ्न्- ब्रह्माण्ड कथाबाट बनेको हुन्छ, परमाणुबाट होइन । यो त चुनैतीपूर्ण परिभाषा हो यसो हेर्दा त साहित्यिक जस्तो लाग्छ।परीक्षण बिना कसरी भनूँ- सहि छ या छैन् । हुनत हरारीले पनि मिथक भनेका छ्न् ।

पायोनियर स्टेफन हकिङले  विज्ञान कारणहरुको विधा मात्र होइन यो मनोरञ्जन र सोख पनि हो भनेर जोड दिएका छ्न् । उनको यो रुखो मात्र होइन रसिलो पनि छ भन्ने संकेत मन पर्ने खालको छ । इमायुल कान्ट स्पष्ट पार्छन्- विज्ञान भनेको संगठित ज्ञान र बुद्धि  भनेको सङ्‌गठित जीवन हो । इर्भिङ लङ्‌मुर ठोकुवा गर्छन्- वैज्ञानिकहरू उत्सुकता र सत्यको चाहनाले प्रेरित हुन्छन् । त्यस्तै  क्लाउड वर्नाडको सुन्दर कथन छ- कला म हो, विज्ञान हामी हो। यथार्थमा अनुभवहरुको व्यवस्थित वर्गीकरण नै विज्ञान हो । तर यो पक्का हो अनुभव मात्र त विज्ञान हुनै सक्दैन् । विज्ञानको परिभाषा गर्न त फलामको च्यूरा बरावर छ कि कसो ? भनिन्छ, बैज्ञानिकहरुले त चित्तबुझ्दो परिभाषा भेटिरहेका छैनन् ।

तर रोवर्ट ए हेलेनको मत स्वागत योग्य छ- हर चीज सैद्दान्तिक हिसावले असम्भव छ जवसम्म त्यो गरिदैन । अल्वर्ट आइन्स्टाइनको महत्वपूर्ण कुरा यो छ की कहिल्यै प्रश्न गर्ने नछोड्। यो भनाइ महान छ । त्यस्तै मेरी क्युरी अनौठो पारामा भन्छिन्- म तिनिहरू जस्तै हुँ जो विज्ञानको महान सुन्दरताको बारेमा सोच्छन् । 

सेसिल रोड्ले त यति मात्र गर्न सकियो कत्रो धेरै बाँकी रह्यो भनेका छ्न्। जाबो म के भनूँ र ? जे होस यति चाहिँ भन्छु- धैर्यवान भएर गरिएको निरन्तर र नियमपूर्वक अभ्यासमा भएको आकस्मिक प्राप्ती विज्ञान हुनुपर्छ ।

खरानीका हिसावले रुख र मानिस समान छौँ तर ज्ञान र अनुभवका हिसावले व्यक्त र अव्यक्त । अर्थात  आ-आफ्ना तरिका छ्न् । विवेक हस्तान्तरण गर्नु मानिसको सर्वश्रेष्ठ कार्य हो भने धैर्यताको प्रदर्शन गर्नु र उत्कृष्ट उदाहरण वन्नु रुखको काम ।

परिणामलाई मसिनो गरी अवलोकन गर्नु, कारणको परिकल्पना गर्नु, त्यसको परिक्षण गर्नु, सिद्धान्त प्रतिपादन गर्नु, सिद्धान्तको प्रयोग गरेर वैज्ञानिक आविश्कारको साधन्‌को निर्माण र  प्रयोग गरी समाज विकसित र सभ्य बनाउदै लैजानु विज्ञान हो । पूर्विय विज्ञानमा वेद र पुराणहरू परिकल्पनामै मात्र सिमित भए तर पश्चिमाले परीक्षण गरी सिद्धान्त बनाएर लागू गरि विज्ञानको विकास गरे । यो नै मूल अन्तर हो । र हामी पछि पर्नुको कडि पनि यहि हो ।

विज्ञानले एउटा समाधान दिन्छ तर दशवटा अरु जन्मन्छन् । क्लोरोफिलले विरुवा हरियो हुन्छ । क्लोरोफिलले के गर्छ ? त्यहाँ के हुन्छ ? हरियो रङ्ग बनाउँछ र हरियो देखिन्छ बस । क्लोरोफिल त शब्द हो, नाम हो । होइन र ?  उसको काम प्रमुख हो । के गर्छ र हरियो बनाउँछ यो असली प्रश्न हो । उत्तर हो- हरियो रङ्ग बनाउँछ । त्यसैले हरियो देखिन्छ । के उत्तरले चित्त बुझ्यो ? यो विज्ञान सम्बत उत्तर छ । तपाईलाई चित्त बुझेन नी । हो, अब तपाई सहि हुनुहुन्छ प्रयोग गरी हेर्नुहोस अनि निष्कर्षमा पुग्नुहोस् । त्यही नै विज्ञान हो।

विज्ञानमा जस्तो सुकै प्रश्न गर्न मिल्छ । उत्तर आओस या नआओस् । तर यो सत्य हो  प्रश्न बन्ने कुनै न कुनै आधार हुन्छ । आधार बिना त संसारमा केही हुन्न । विज्ञानको पनि आधार हुन्छ । सापेक्षता हुन्छ । सन्दर्भ हुन्छ । परिवर्तनशिलता हुन्छ । गतिशिलता हुन्छ । आधारमा टेकेर उत्तरसम्म पुग्नु- विज्ञान, प्रश्नलाई हेरेर आधार पत्तालगाउनु- अविज्ञान । विज्ञान के हो भन्दा पनि विज्ञान के होइन भनेर खोजी गर्नु पो कतै विज्ञान हो कि ।

मलाई  त विज्ञान विना सवै चिज जादू झै लाग्छ । कतै विज्ञान पनि जादु नै त होइन ? जानकारीमा चाहिँ छ- यहाँ जादू छैन्, विज्ञान मात्र छ । तर दु:खको कुरा बुझ्न बाँकी नै छ, आफैबाट परिक्षण गर्न अझ बाँकी छ । तर खुशिको कुरा...समय र बाटो अगाडि तेर्साएको छ, सुन्दर बिहानी र खुल्ला राजमार्ग बनेर...
  

सम्बन्धित समाचार