• २०८१ बैशाख ११ मंगलबार

नगरपालिकाकी कर्मचारीमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी

kharibot

बारा । २२ वर्षिया एक महिला कर्मचारीमाथि पालिका कै कर्मचारीले बलात्कार प्रयास गरेको भन्दै उजुरी परेको छ । पचरौता नगरपालिकाको बेनौली गाउँस्थित रहेको सुनसान पालिका कार्यालय भित्रै गत बिहीवार यस्तो प्रयास भएको खुलेको हो । 

प्रहरीका अनुसार कार्यालयका कार्यालय सहयोगी ३२ वर्षिय संजय पासवानले बलात्कार प्रयास गरेका हुन् ।

महिला हिंसाविरुद्धको १५ दिने अभियान सुरु भएकै दिन सरकारी कार्यालयबाट यस्तो घटना भएको हो ।

पासवानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडितले किटानी जाहेरी दिएकी छन् । पालिका कार्यालय नजिकै कोठा लिएर बस्दै आएकी ती महिला ‘डकुमेन्ट’ लिन पालिकामा आँफै बस्ने कोठामा जाँदा यस्तो घटना भएको बताएकी छन् । 

साथै घटनालाई सामसुम गर्न जनप्रतिनिधिहरूले बिचौलियाको रुपमा आर्थिक लेनदेन गरी बिवाद मिलाउँन दवाब दिएको पीडित पक्षले बताएका छन् । 

घटना बारे अनुसन्धान भईरहेको र घटना अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

दवाबका कारण पीडित पक्षले यो घटना केही समय पछि प्रहरीमा जानकारी गराएका थिए । भने, बलात्कार प्रयास गरेका पासवान सोही दिनबाट फरार रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै