• २०८१ बैशाख ४ मंगलबार

नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव, कस्तो छ आजको मौसम ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव  छ ।

जसकारण शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना पनि रहेको छ । 
राति कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै