• २०८१ बैशाख ८ शनिबार

कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशित

kharibot

चितवन । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ ।

भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा  ११ कथालाई समावेश गरिएको छ । विशेष गरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीव रुपमा उतारिएको छ । साथै  पितृसतात्मक समाजका कारण नारीले भोग्नुपरेका  समस्या र सङ्घर्ष मार्मिक रुपमा सरल भाषामा प्रस्तुत गरिएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए । उनले भने, “कथाकार वसन्तका कथा नारीवादी हुन्छन् । नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गरिएका हुन्छन् । ”

कथाकार वसन्तको यसअघि ‘कुमाता’ कथा सङ्ग्रह प्रकाशित भइसकेको छ  ।  कृति अहिले तेस्रो सस्करणमा प्रकाशित हुँदै छ । 

‘मोम्चो’ शब्दको अर्थ  चेपाङ भाषामा महिला वा नारी भन्ने हुन्छ । आख्यानकार वसन्तले भने, “ कथाङ्ग्रह भित्रको शीर्ष मोम्चो कथाबाट कृतिको नामकरण गरेँ । विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका समस्यालाई कथामा  केिन्द्रत गरेको छु ।”

यही मङ्सिर १९ गते अक्षर समूह चितवनको आयोजनामा  कृतिको सार्वजानिक हुने उहाँले जानकारी दिए । सोही अवसरमा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र आख्यानकार अश्विनी कोइरालाले समीक्षा गर्नुहुने समूहका अध्यक्ष प्रभाकर पण्डितले बताए । 

वरिष्ठ सञ्चारकर्मी वसन्त तीन दशक भन्दा बढी समयदेखि चितवनमा पत्रकारितामा क्रियाशील छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै