नयाँ दिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
घटनामा ५ जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार पश्चिम बङ्गालको नदिया जिल्लाको हांसखाली क्षेत्रमा शव लिएर गएको मेटाडोर गाडी सडकमा रोकिराखेको ट्रकसंग्ग ठोकिएपछि दुर्घटना भएको थियो ।
तिब्रगतिमा रहेको मेटाडोर कुहिरोका कारण दुर्घटनामा परेको बताइएको छ ।