• २०८१ बैशाख ७ शुक्रबार

ललितपुर कांग्रेस सभापतिमा आज पुन: मतदान हुदै, उदयशमशेरले घात गरेको मिनकृष्णको आरोप

kharibot

काठमाडौं । ललितपुर कांग्रेस अधिवेशनअन्तर्गत अहिले सभापतिका लागि पुनः मतदान जारी छ । शनिबार भएको जिल्ला कार्यसमितिको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पहिलो र दोस्रो मत ल्याउने रामकृष्ण चित्रकार र जितेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ ।

शनिबार चित्रकार, श्रेष्ठ र मिनकृष्ण महर्जन चुनावी प्रतिस्पर्धामा थिए । चित्रकारले पाँच सय चार, श्रेष्ठले चार सय ८२ र महर्जनले तीन सय ३२ मत ल्याएका थिए । चित्रकारलाई बहालवाला सभापति मदन अमात्य, श्रेष्ठलाई तरुण दलका सभापति जितजंग बस्नेत तथा महर्जनलाई उदयशमशेर राणाको समर्थन थियो । तर, महर्जनलाई उदयशमशेर पक्षले अन्तर्घात गरेको आरोप लागेको छ ।

ललितपुर प्रतिनिधिसभा १ को क्षेत्रीय अधिवेशनमा महर्जन चार १७ मत ल्याई महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । तर, सभापतिमा उठ्दा महर्जनले तीन सय मत पाएपछि राणा पक्षले घात गरेको आरोप लगाएको छ ।

राणा पक्षले श्रेष्ठलाई मत खसाएको भन्दै आइतबार बिहान मतदानका क्रममा महर्जन पक्षले राणा पक्षमाथि आरोप लगाएपछि केही समय बबाल भएको थियो । सोही कारण सभापतिको दोस्रो चरणको मतदानमा महर्जन पक्षले चित्रकारलाई सहयोग गर्ने घोषणा गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै