• २०८१ बैशाख ७ शुक्रबार

कांग्रेस महाधिवेशन: पर्साको पालिका अधिवेशन अन्योल

kharibot

वीरगञ्ज । नेपाली कांग्रेस आसन्न महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला तथा पालिका  तहको निर्वाचन भइरहँदा पर्सामा भने गाउँ र नगरपालिका अधिवेशन समेत अन्योलमा परेको छ ।

जिल्ला निर्वाचन समितिका अनुसार गाउँ र नगरपालिका अधिवेशन स्थगन गरी प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको समय सार्वजनिक गरेको हो । 

जिल्लाभित्र पर्ने अधिवेशनको प्रक्रिया अघि बढाएको भए पनि गाउँ-नगरपालिका अधिवेशन पछि हुने गरी हाललाई रोकिएको उल्लेख गरिएको छ । जिल्लामा नेताको सहमतिबाटै जिल्लास्थित ती क्षेत्रीय अधिवेशनको समय तोकिएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रकुमार केसीले जानकारी दिए । 

प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुने समय तोकिएकाले यसअघि गाउँ र नगर अधिवेशन भ्याउन नसक्ने जिल्ला निर्वाचन समितिको ठहर छ । यसले कांग्रेसको जिल्ला अधिवेशन पनि केन्द्रीय महाधिवेशनपछि मात्रै हुने सम्भावना बढेको जनाइएको छ ।

यस्तै जिल्लामा रहेको १४ पालिकाको अधिवेशन पनि महाधिवेशनपछि मात्रै हुने सम्भावना देखिएको हो ।यसअघि कांग्रेसको १२ र १३औँ महाधिवेशनमा पनि पर्सा जिल्लाको जिल्ला अधिवेशन, केन्द्रीय महाधिवेशनपछि नै भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै