काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस एटलान्टासँग पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा एटलान्टाले युभेन्टसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एटलान्टाको जितमा डुभान जपाटाले खेलको २८औं मिनेट गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
योसँगै युभेन्टसको यस सिजनको लिगमा पाँचौ हार हो । यो हारपछि १४ खेलमा २१ अंकसहित अहिले आठौ स्थानमा रहेको छ ।
त्यस्तै यस जितपछि एटलान्टाको १४ खेलमा २८ अंकसहित लिगमा चौथो स्थानमा रहेको छ ।