काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा फ्रेन्की डी जोंग, मेम्फिस डिपे र फिलिप कोटीन्हो ले एक एक गोल गरेका थिए ।
त्यस्तै भिल्ला रियलका लागि साम्युयल चुकवुएजेएल एक गोल गरेका थिए ।
बार्सिलोनाले १-१ गोलको अवस्थामा खेलको ८८ मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको थियो भने खेलको ९४औ मिनेटमा कोटिन्होले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनाले खेल ३-१ ले जितेको थियो ।
यो जितपछि बार्सिलोनाको १४ खेलमा २३ अंक भएको छ भने लिगमा ७औँ स्थानमा रहेको छ । त्यस्तै यो हारपछि भिल्लारियलको १४ खेलमा १६ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।