काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा डिओगो जोटाले २ गोल गरेका थिए भने थिआगो अल्कानटारा र भिर्गिल भान डिकले एक एक गोल गरेका थिए ।
जितपछि लिभरपुलको १३ खेलमा २८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै साउथहम्पटनको यो हारपछि १३ खेलमा १४ अंक रहेको छ र लिगमा १४औ स्थानमा रहेको छ ।