• २०८१ बैशाख ७ शुक्रबार

नेपालमा कोरोना : २४ घण्टामा २१३ संक्रमित, ३ जनाको मृत्यु

kharibot

काठमाडौँ । नेपालमा थप २१३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १९७ र एन्टीजेन परिक्षणबाट १६ गरि कुल २१३ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३२५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.७ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ९८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४९०७ पिसिआर र १७२५ नमुना एन्टीजेन परिक्षण गरि कुल ६ हजार ६३२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार १५६ पुगेका छन् । त्यस्तै आइसीयुमा १७८ जना छन् भने देशभर ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ३९५ जना छन् भने होम आइसोलेसनमा ६ हजार ७६१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ४३४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

अहिलेसम्म पहिलो मात्रा ९५ लाख ४३ हजार ४०८ र पूर्ण मात्रा ८२ लाख ९० हजार ४०२ ले लगाइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल एक करोड ७८ लाख ३३ हजार ८१० डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै