• २०८१ बैशाख ८ शनिबार

संयुक्त अरब इमिरेट्समा सबै जनतामा कम्तिमा एक खोप पुग्यो

kharibot

प्रतिनिधि तस्बीर

अबुधाबी । संयुक्त अरब इमिरेट्समा सय प्रतिशत जनसंख्याले कोभिड-१९ विरुद्धको खोपको कम्तिमा एक डोज प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दक्षिण अफ्रिकाले पहिलो पटक पत्ता लगाएको ओमिक्रोन नामक नयाँ संस्करणको भाइरसले बढाएको विश्वव्यापी चिन्ताको बीचमा यो जानकारी आएको हो ।

विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्ट डेल्टा स्ट्रेन भन्दा बढी संक्रामक भएको बताएको छ । 

युएईको स्वास्थ्य मन्त्रालयका अनुसार खाडी अरब राष्ट्रमा कोभिड-१९ भ्याक्सिनको "कुल २१,८०२,०३२ डोज" दिइएको छ ।

युएईमा हालसम्म २,१४५ जनाको मृत्यु सहित कोभिड-१९ का ७ लाख ४१ हजारभन्दा बढी सङ्क्रमणका घटनाहरू दर्ता भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै