काठमाडौँ । चर्चित हलिवुड गायक ब्रायन एडम्स एकै महिनामा दोस्रो पटक कोरोना पोजेटिभी देखिएका छन् ।
गायक एडम्सले आफु मिलान विमानस्थलमा उत्रिएपछि कोरोना पोजेटिभ देखिएको बताउदै आफु अस्पतालतर्फ लागेको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् ।
यसअघि अक्टोबर महिनामा कोरोना पोजेटिभ देखिएर उनको रक एण्ड रोल हाल अफ फेम इन्डक्सन कार्यक्रम रद्ध भएको थियो ।
गायक एडम्सले दुवै डोज खोप लगाएको र उनलाई कुनै लक्षण नभएको उनका प्रतिनिधिले सिएनएनलाई जानकारी दिएका छन् ।
गायक एडम्सलाई एक महिनामा दोस्रो पटक कोरोना पोजेटिभ देखिएको प्रसंगमा अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यो पुरानै भाइरस हुनसक्ने बताउदै यो नयाँ केस नभएको सिएनएनलाई बताएका छन् । फाउचीले एडम्सको शरीरबाट पूर्ण रुपमा भाइरस नगएको हुनसक्ने बताएका छन् ।
ब्रायन एडम्स इटालीमा पिरेली २०२२ को क्यालेन्डर प्रमोसन कार्यक्रमका लागि आएका थिए । फोटोग्राफर समेत रहेका एडम्सले यस कार्यक्रमको फोटोग्राफी गरिरहेका थिए ।