• २०८१ बैशाख ८ शनिबार

पुनरामगन जितसँगै संकटा शीर्षस्थानमा

kharibot

काठमाडौं । पुनरागमन जितसँगै संकटा क्लब सहिद  स्मारक 'ए'  डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले फ्रेन्ड्सलाई २-१ गोलले पराजित गरेको हो । 

फ्रेण्ड्सलाई दबाबमा राखे पनि संकटा पहिलो हाफमा १–० ले पछि परेको थियो । ५७औं मिनेटमा नरिज बस्नेतको गोलसँगै बराबरीमा फर्किएको संकटाका फोडे  फोफनाको गोलसँगै  ८६औं मिनेटमा २-१ को अग्रता बनाएको थियो । 

फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले  ४२ औं मिनेटमा  पेनाल्टी एरियाको ‘एज’बाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको संकटाले ५७औं मिनेटमा नीरज बस्नेतको गोलसँगै खेलमा बराबरी गरेको थियो । मिडफिल्डर सुभाष गुरुङले बायाँतर्फबाट कर्नरमा दिएको क्रसमा बस्नेतले ६ यार्ड बक्स बाहिरबाट हेडरमार्फत प्रहार गर्दै गोल गरेका थिए ।

जितसँगै संकटा क्लब लिगका सुरुआति दुई खेलबाट चार अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा  उक्लिएको छ । फ्रेन्ड्सले पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै, संकटा हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

समान ४ अंक भए पनि संकटा गोल अन्तरमा शीर्ष स्थानमा रहेको हो । शुक्रबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री–स्टारलाई १–० गोलको नतिजामा पराजित गरेको थियो । 

भोलि हुने पहिलो खेलमा च्यासल युथ क्लबले एपीएफ फुटबल क्लबसँग खेल्ने छ । यस्तै, दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्नेछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै