• २०८१ बैशाख ७ शुक्रबार

एसियाली विकास बैंकले सात अर्ब ऋण दिने

kharibot

फाइल तस्वीर

काठमाडौँ । एसियाली विकास बैंक(एडिबी)ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करिब रु सात अर्ब आठ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरे ।

नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडिबीले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा आजको ऋण सहयोग अर्को महत्वपूर्ण रहेको छ । ऋण सहयोगबाट नेपालगञ्जदेखि कोहलपुरसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । यस्तै काठमाडौँ उपत्यकाको विद्युत प्रणालीमा महत्वपूर्ण मानिएको चोभारदेखि लगनखेलसम्मको प्रसारण लाइन निर्माण हुनेछ ।

त्यस्तै ऋण सहयोगबाटै दुम्किवास, लगनखेल, नेपालगन्ज र मुलपानीमा अत्याधुनिक सबस्टेशन निर्माण गरिने छ । त्यससम्बन्धी आवश्यक तयारी भइसकेको प्राधिकरणले जनाएको छ । अर्थसचिव मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युतको माग तथा उत्पादन बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आन्तरिक रूपमा बिजुली उत्पादन बढ्दै जाँदा व्यापार घाटा कमसमेत गर्न सहयोग पुग्ने उल्लेख गरे ।

कार्यक्रममा एडिबीका देशीय निर्देशक अमुद काउचिसले ऋण सहयोगले नेपालको उत्पादित विद्युत्को प्रसारणका अतिरिक्त गुणस्तरमा समेत वृद्धि हुने बताए । नेपालको विद्युत वितरण प्रणालीमा सुधार, प्रसारण लाइन विस्तार साथै विद्युत उत्पादनसमेतमा वृद्धि गर्ने लक्ष्य लिइएको छ । काठमाडौँ उपत्यकाको भूमिगत प्रसारण लाइन निर्माणस मेतमा एडिबीले नै ऋण सहायता उपलब्ध गराएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै