• २०८१ बैशाख ८ शनिबार

नेपालमा कोरोना : २४ घण्टामा २७० संक्रमित, २ जनाको मृत्यु

kharibot

काठमाडौँ । नेपालमा थप २७० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २४२ र एन्टीजेन परिक्षणबाट २८ गरि कुल २७० जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.७ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ९८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७८२९ पिसिआर र २६१७ नमुना एन्टीजेन परिक्षण गरि कुल १० हजार ४४६ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार २८७ पुगेका छन् । त्यस्तै आइसीयुमा १७५ जना छन् भने देशभर ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ३९१ जना छन् भने होम आइसोलेसनमा ६ हजार ८९६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ८५३ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

अहिलेसम्म पहिलो मात्रा ९४ लाख ८१ हजार ३९ र पूर्ण मात्रा ८२ लाख ३७ हजार ३३७ ले लगाइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल एक करोड ७७ लाख १८ हजार ३७६ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै