• २०८१ बैशाख ७ शुक्रबार

महिला टी-२० विश्वकप छनौट: मलेसियामाथि नेपालको ६ विकेटको जित

kharibot

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

मलेसियाले दिएको ९३ रनको लक्ष्य पछाएको नेपाली महिला टिमले १८.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि सीता मगरले ३०, रुबिना क्षेत्रीले २०, सरिता मगरले १५ र कबिता जोशीले १० रन बनाएकी थिइन् ।

यसअघि दुबईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन बनाएको थियो । 

मलेसियाको लागि इल्सा हन्टरले अविजित सर्वाधिक ३९ रन बनाइन् । ४८ बल खेलेकी उनले चार चौका प्रहार गरिन् । यस्तै मास इल्साले १४ र युस्रिया याकोपले १२ रनको योगदान गरिन् ।

टस जितेर फिल्डिङ गरेको नेपालको लागि सब्नाम राईले सर्वाधिक दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी राईले १ मेडन राख्दा २७ रन खर्चेकी थिइन् । 

यस्तै कप्तान रुबिना क्षेत्री, कविता कुँवर  र सीता राना मगरले समान १–१ विकेट लिए ।

नेपाल मलेसियालाई हराउँदै ग्लोबल छनोटको सम्भावना कायम राखेको छ । मलेसियामाथिको जितपछि नेपाल  ४ खेलमा तेस्रो जित हासिल गर्दै ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । 

तालिकामा शीर्षस्थानमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ भने ग्लोबल छनोटको शीर्ष दुई टोली विश्वकपमा स्थान बनाउनेछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै