• २०८१ बैशाख ८ शनिबार

डेभ्यु टेस्ट खेलमा श्रेयस अय्यरको शतक

kharibot

काठमाडौँ । भारतका ब्याट्सम्यान श्रेयस अय्यरले टेस्ट क्रिकेटको आफ्नो डेभ्यु खेलमा शतक बनाएका छन् ।

न्यूजिल्याण्डविरुद्ध जारी टेस्ट खेलको दोस्रो दिन अय्यरले आफ्नो डेभ्यु खेलमै शतक पुरा गरेका हुन् ।

२६ बर्षिय अय्यरले न्यूजील्याण्डविरुद्ध १०५ रन बनाएर आउट भएका छन् ।

कानपुरमा जारी टेस्टमा शतक बनाएर अय्यर डेभ्यु टेस्टमा शतक बनाउने १६औ भारतीय खेलाडी बनेका छन् ।

पहिलो टेस्टमा भारतका लागि शुभमन गील र रविन्द्र जडेजाले अर्धशतक बनाएका छन् ।  दोस्रो दिनको लन्चसम्म भारतले ८ विकेट गुमाएर ३३९ रन बनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै