• २०८१ बैशाख ७ शुक्रबार

सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको घट्यो

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार नौं सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

शुक्रबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै