• २०८१ बैशाख १३ बिहीबार

राल्फ राँगनिक म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षक बन्ने

kharibot

काठमाडौँ । राल्फ राँगनिक म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षक बन्ने भएका छन्  । ६३ बर्षिय जर्मन प्रशिक्षक राँगनिक म्यानचेस्टर युनाईटेडको अन्तरिम प्रशिक्षक बन्न सहमत भएका हुन्  ।

राँगनिक यस सिजनको अन्त्यसम्म युनाइटेडको प्रशिक्षक बन्न तयार भएका छन् । हाल रसियन क्लब लोकोमोटिभ मस्कोको स्पोर्ट्स एण्ड डेभलपमेन्ट डाइरेक्टर रहेका राँगनिकले आउदो साता देखि युनाइटेडको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने द एथलेटिकले उल्लेख गरेको छ ।

वर्क परमिट र अन्य व्यवस्थापकीय करणले उनले आइतबार हुने युनाइटेडको चेल्सीविरुद्धको खेलमा टिम सम्हाल्न नभ्याउने बताइएको छ । राँगनिक सिजनको अन्त्यपछि क्लबको विशेष अधिकारसहितको सल्लाहकारमा रहने बताइएको छ ।

राँगनिकलाई जर्मन फुटबलको गडफादर भनिन्छ । सन २००० पछि जर्मनी फुटबलको खेल्ने तरिकाको विकासमा उनको भूमिका उल्लेख्य मानिन्छ । जर्मनी क्लब आरबी लेइपजिंगको सफलतामा पनि उनको ठुलो भूमिका रहेको छ ।

उनले बुण्डेसलिगामा लेइपजिंगसहित शाल्के, होफेंहेइम, हन्नोभर, स्टटगार्ट जस्ता क्लबमा प्रशिक्षकको भूमिका निभाएका छन् ।
      
   
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै