• २०८१ बैशाख ७ शुक्रबार

नेपालमा कोरोना : २४ घण्टामा ३०८ संक्रमित, ३ जनाको मृत्यु

kharibot

काठमाडौँ । नेपालमा थप ३०८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २८१ र एन्टीजेन परिक्षणबाट २७ गरि कुल ३०८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.७ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७१०४ पिसिआर र १८०५ नमुना एन्टीजेन परिक्षण गरि कुल ८ हजार ९०९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३४९ पुगेका छन् । त्यस्तै आइसीयुमा १९७ जना छन् भने देशभर ४१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ३८८ जना छन् भने होम आइसोलेसनमा ६ हजार ९६१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार ८८४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

अहिलेसम्म पहिलो मात्रा ९३ लाख ६७ हजार ७८९ र पूर्ण मात्रा ८१ लाख ५३ हजार ७३४ ले लगाइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल एक करोड ७५ लाख २१ हजार ५२३ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै