• २०८१ बैशाख ७ शुक्रबार

लागुऔषध तस्करीमा संलग्न दुई वटा ट्रकसहित चार जना पक्राउ

kharibot

बिरगंज । लागुऔषध तस्करीमा संलग्न दुई वटा ट्रकसहित पर्सा जिल्लामा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ठेगाना नखुलेका ३५ वर्षीय अनुप बर्तौला, हेटौंडा उपमहानगरपालिका वडा नं.७ का ४५ वर्षीय राजु बस्नेत, मेची नगरपालिकाका ५० वर्षीय गोपाल थापा र हेटौंडा उपमहानगरपालिका वडा नं.६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

ड्राईपोर्टबाट परवानीपुर तर्फ जाँदै गरेको बा.३.ख ८८०८ नम्बरको मिनी ट्रक माथी शंका लागेर चेक जाँच गर्दा चालक बस्‍ने सिट मुनि बोरा भित्र कोरेक्स ५४ बोत्तल बरामद गरेको हो ।  

त्यस्तै ना.५.ख.६८७७ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटमुनी बोरा भित्र लुकाईएको २ सय २३ बोत्तल गरी जम्मा २ सय ७७ बोत्तल लागुऔषध बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै