जनकपुरधाम । तस्करी गर्न लागिएको बेला धनुषा प्रहरीले ४९ बोरा हरियो मटरसहित ११ वटा मोटरसाईकल बरामद गरेको छ ।
जिल्लाको मुखियापट्टी मुसरहनिया गाउँपालिका वडा नं.६ बहेडाबेलाबाट प्रहरीले ११ वटा मोटरसाईकलमा लोड गरी भारत तर्फ लगिरहेको अवस्थामा २५ केजीको प्याकेटको ४९ बोरा हरियो मटर र मोटरसाईकल सहिँत नियन्त्रणमा लिएको हो ।
तस्करीमा संलग्नहरु भने भागे पछि मोटरसाईकलसहित हरियो मटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बरामद गरिएको मटर र मोटरसाईकल आवश्यक कारवाहीका लागि प्रहरीले जनकपुर भन्सार कार्यालय धनुषालाई बुझाएको छ ।
धनुषामा मात्र नभएर प्रदेश २ का अधिकांश नाकाबाट चीनबाट आयात भएको हरियो मटर भारत तस्करी हुने गरेको छ ।