• २०८१ बैशाख ५ बुधबार

रेल सञ्चालनको माग गर्दै जनकपुरमा प्रदर्शन

kharibot

जनकपुरधाम । जनकपुरको रेल सेवा तत्काल सञ्चालनको माँग गर्दै जनकपुरमा स्थानीयहरूले प्रदर्शन गरेका छन् ।

सम्पूर्ण तयारी पुरा भईसक्दा समेत सञ्चालनमा नआएको जनकपुरको रेल सेवा सञ्चालन गर्न धनुषावासिले माँग गर्दै प्रदर्शन गरेका हुँन् । आउँदो विवाह पञ्चमी अवागै रेल सेवा सञ्चालन गर्न उनिहरुले माँग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

विवाह पञ्चमीको बेला जनकपुर क्षेत्रमा ठुलो मेला लाग्ने तथा मिथिला क्षेत्र कै हर्षको उत्सव हुँने भएकोले धार्मिक तथा सांस्कृतिक महत्वका लागि समेत रेल सेवाको सञ्चालन आवश्यक रहेकोले सोको सञ्चालनको माँग गरिएको हो ।

लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) का स्थानीय नेताहरुको अगुवाईमा रहेका स्थानीयहरुले रेल सञ्चालन नहुँदा धनुषाको व्यापार तथा रोजगारमा असर परेको समेत बताएका थिए ।

नेपाल–भारको सम्बन्धलाई अझै प्रगाढ बनाउँन तथा भारतीय धार्मिक पर्यटन भित्राउँन रेल सेवाको मुख्य भुमिका हुँने भन्दै जनकपुर रेल सेवा सिघ्र सञ्चालनको माँग गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै