• २०८१ बैशाख ८ शनिबार

आतंकबाद बिरूद्ध जनकपुरमा मोटरसाईकल र्याली

kharibot

जनकपुरधाम । जनकपुरधाममा आतंकवाद बिरुद्व बिहिवार मोटरसाईकल र्याली प्रदर्शन गरिएको छ ।

राष्ट्रिय एकता अभियानको अगुवाईमा युवाहरुले आतंकबाद बिरूद्ध मोटरसाईकल र्याली प्रदर्शन गरेका हुँन् । भारतको मुम्बईमा भएको आतंकवादी हमलाको स्मरण गर्दै मोटरसाईकल र्याली प्रदर्शन गरिएको अभियानका जनकपुर संयोजक मनिष हिन्दूले बताएका छन् ।

जनकपुर स्थित रेल्बे स्टेशनबाट निकालिएको मोटरसाईकल र्याली भानु चोक, शिव चोक, जनक चोक हुँदै जानकी मन्दिरमा गएर टुँगिएको थियो । प्रदर्शन गर्ने क्रममा युवाहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड टाँसेका थिए ।

‘विश्वशान्तिको दुश्मन–पाकिस्तान, आतंकवादको पहिचान–पाकिस्तान, लादेन कहाँ भेटिए–पाकिस्तानमा, आतंकवादलाई प्रश्रय दिने मुलुक अपराधी हो, आतंकी अखडाहरू नष्ट गर पाकिस्तान, आतंकी परिचालन बन्द गर, मानव अधिकारको उल्लंघन बन्द गर,  धार्मिक अतिवादको अन्त्य गर, कट्टरपन्थी मुर्दावाद, विश्व शान्ति कायम गर, संघीय हिन्दु गणतन्त्र नेपाल–जिन्दावाद सहिँतका नारा लेखिएको प्लेकार्ड सहिँत प्रदर्शन गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै