• २०८१ बैशाख १२ बुधबार

प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन माग गर्दै सर्वोच्च-बालुवाटार मार्चपास

kharibot

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले बिहीबार मार्चपास गरेको छ । 

पापडले बिहीबार दिउँसोसर्वाेच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गरेको हो । जबरालाई तत्काल महाभियोगको प्रक्रिया थाल्दै न्यायालयमा भएको वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्ने गरी दबाब दिन मार्चपास गरेको पापडले जनाएको छ । 

सर्वोच्च अदालतको गेटबाट सुरु भएको मार्च माइतीघर, भद्रकाली हुँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पुगेको थियो । मार्चपासमा सहभागीहरूले जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गरेका छन् ।

पापडमा नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ तथा नेपाल आदिवासी जनजाति महासंघ आवद्ध छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै