• २०८१ बैशाख ८ शनिबार

ज्योति विकास बैंकको १५ प्रतिशत लाभांश घोषणा

kharibot

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको ९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र सोमा लग्ने करसहित ४ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् । हाल बैंकको चुक्ता पूँजी तीन अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ ।

११ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २ सय ८७ रुपैयाँ पुग्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै