• २०८१ बैशाख ८ शनिबार

बहुप्रतिक्षित प्रेम गीत-३ फागुन १३ गतेदेखि प्रदर्शन हुने

kharibot

काठमाडौँ । अभिनेता प्रदीप खड्काको बहुप्रतिक्षित फिल्म प्रेम गीत-३ फागुन १३ गतेदेखि प्रदर्शन हुने भएको छ ।

फिल्म निर्माण पक्षले यसअघि कोरोना महामारीका कारण हामीले २०७६ चैत २८ मा प्रदर्शन गर्ने भनिएको चलचित्र ‘प्रेम गीत ३’ को नयाँ प्रदर्शन मिति तय गरेको जानकारी दिएको हो ।

प्रेमगीत-३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको र यस विषयमा भारतको टिमसँग प्रदर्शनबारे छलफल भइरहेको बताइएको छ ।

सफल फिल्म प्रेम गीत सिरिजको यस संस्करणमा प्रदीप खड्का क्रिस्टिना गुरुङसँगै शिब श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्स गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतसहितको मुख्य भूमिका छ ।

फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रले २ सय वर्ष पुरानो लभस्टोरीमा बनाइएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै