• २०८१ बैशाख ८ शनिबार

महिला टी-२० विश्वकप छनौट: नेपालीको उत्कृष्ट बलिङ, कुवेत २७ रनमा अलआउट

kharibot

फाइल तस्बीर

काठमाडौ । कुवेतले नेपाललाई २८ रनको लक्ष्य दिएको छ ।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा पहिला ब्याटिंग गर्दै कुवेत १५.४ ओभरमा २७ रनमा अल आउट भएको छ ।

कुवेतलाई सस्तैमा आउट गर्न नेपाली बलर रुबिना क्षेत्री र संगीता राईले ३-३ विकेट लिएका थिए भने सरस्वती कुमारी र करुणा भण्डारीले १-१ विकेट लिएका थिए ।

२८ रनको लक्ष्य पाएको नेपाली महिला टिमले जवाफी ब्याटिंग शुरु गरेको छ ।

प्रतियोगितामा  मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो भने सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हार बेहोरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै