• २०८१ बैशाख ८ शनिबार

पिएसजीमाथि म्यानचेस्टर सिटीको जित

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा सिटीले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा तिनै गोल दोस्रो हाफमा भएका थिए ।

किलियन एम्बाप्पेले खेलको ५०औँ मिनेटमा गरेको गोलबाट शुरुवाती अग्रता लिएको पिएसजीमाथि सिटीले कमब्याक गर्दै जित हासिल गरेको थियो । 

सिटीको जितमा रहीम स्टरलिङ र गाब्रियल जिससले एक एक गोल गरेका थिए । खेलको ६३औं मिनेटमा स्टरलिङ र ७६औ मिनेटमा जिससले गोल गर्दै सिटीलाई जिताएका थिए ।

यो जितपछि सिटीको ५ खेलमा १२ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै ५ खेलमा पिएसजीको ८ अंक रहेको छ ।

समुह ए बाट सिटी अन्तिम १६ मा पुगेको छ भने खेल हारेपनि पिएसजीले पनि अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यसै समुहको अर्को खेलमा आरबी लेइपजिंगले क्लब ब्रुगेलाई ५-० गोल अन्तरले पराजित गरेको छ । यद्यपी लेइपजिंग र क्लब ब्रुगेको च्याम्पियन्स लिग यात्रा भने समुह चरणमै सकिने भएको छ । लेइपजिंग र क्लब ब्रुगेको ५-५ खेलमा ४-४ अंक रहेको छ र समुहमा तेस्रो र चौथो स्थानमा रहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै