• २०८१ बैशाख ७ शुक्रबार

के हो करिम बेन्जमा दोषी ठहरिएको प्रकरण ? अब के हुन्छ ?

kharibot

काठमाडौं । रियल म्याड्रिडबाट खेल्ने फ्रेन्च स्ट्राइकर करिम बेन्जमालाई एक पुरानो प्रकरणमा दोषी ठहर गरिएको छ । बेन्जमा फ्रान्सेली फुटबल खेलाडी म्याथ्यू भाल्वुयनाको यौन भिडियो राखेर ब्ल्याकमेल गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।

बुधबार एक न्यायाधिशले  बेन्जमालाई एक वर्षको निलम्बित जेल सजाय तथा ७५ हजार युरो जरिवाना सुनाएका छन् ।

भाल्वुयनासँग रकम असुली गर्ने प्रयास गरेको आरोपमा बेन्जामासहित पाँच जनामाथि मुद्दा चलाइएको थियो ।

२०१५ को यस घटनापछि विश्व फुटबल समुदायलाई स्तब्ध तुल्याएको थियो भने दुबै खेलाडीले राष्ट्रिय टोलीमा आफ्नो स्थान गुमाएका थिए ।

सन् २०१५ मा दुबै खेलाडी फ्रान्स टिमको अभ्यासका क्रममा रहदा सो घटना भएको थियो । बन्द प्रशिक्षणमा हुदा बेन्जमाले भाल्वुयनालाई ब्ल्याकमेलरलाई रकम दिन दबाब दिएका थिए ।

तर बेन्जमाले भने सो आरोप अस्विकार गर्दै आएका थिए ।

अदालतले सुनाएको यो सजाय विरुद्ध बेन्जमाले अपिल गर्न पाउने भएका छन्  । उनका वकिलले यस फैसलाविरुद्ध अपिल गर्ने बताएका छन्  ।

यो सजायपछि के बेन्जामा जेल जान्छन त ? भन्ने प्रश्न उठिरहेको छ । यस सजायमा उनी जेल जानु पर्दैन । दुई बर्षभन्दा कम सजायमा अन्य अपराध नगरेको अवस्थामा जेल जानु नपर्ने र जरिवानाको रकम भने तिर्नुपर्ने बुझिएको छ ।

त्यस्तै बेन्जमाले फ्रान्सको राष्ट्रिय टिमबाट समेत खेल्नलाई कुनै बाधा नपर्ने बताइएको छ । फ्रेन्च फुटबल फेडेरेसनका अध्यक्ष नोएल ली ग्राएटले बेन्जमा खेल्न सक्ने प्रतिक्रिया दिएका छन्  ।   

रियल म्याड्रिडमा लगातार राम्रो प्रदर्शन गर्दै आएका बेन्जमालाई यस घटनाको करिब ६ बर्षपछि  २०२० को युरो अगाडी फ्रान्सको राष्ट्रिय टिममा फेरी बोलाइएको थियो । राष्ट्रिय टिममा पुनरागमन गरेपछि बेन्जमाले फ्रान्सका लागि १३ खेल खेल्दै ९ गोल गरेका छन्  । बेन्जमाले अहिलेसम्म फ्रान्सका लागि कुल ९४ खेलमा ३६ गोल गरेका छन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै