• २०८१ बैशाख ७ शुक्रबार

युभेन्टसमाथि चेल्सीको ४-० को जित

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत चेल्सीले युभेन्टसलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न समुह एच अन्तर्गतको खेलमा चेल्सीले युभेन्टसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा ट्रेभोह चालोबाह, रीच जेम्स, कलुम हडसन ओड़ोइ र टिमो वेर्नरले एक एक गोल गरेका हुन् ।

चेल्सीको यो जितपछि ५ खेलमा १२ अंक भएको छ भने समुह एचमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै युभेन्टसको पनि  यो खेलपछि ५ खेलमा १२ अंक नै रहेको छ र समुहमा दोस्रो स्थानमा छ ।

यस समुहबाट चेल्सी र युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने निश्चित भएको छ ।

गएराती नै सम्पन्न यसै समुहको माल्मो र जेनित बीचको खेल १-१ गोलको बराबरीमा रोकिएपछि दुवैले एक एक अंक बाडेका थिए ।

यस समुहमा जेनितको ५ खेलमा ४ अंक छ भने माल्मोको ५ खेलमा केवल एक अंक रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै