• २०८१ बैशाख ११ मंगलबार

बार्सिलोना बेनिफिकासँग बराबरीमा रोकियो

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा बार्सिलोना पोर्चुगीच क्लब बेनिफिकासँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीमा खेल सकिएसँगै दुवै टिमले एक एक अंक बाडेका छन् ।

यो बराबरीपछि बार्सिलोनाको ५ खेलमा ७ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

यो बराबरीपछि अब बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा संकटमा परेको छ । अब बार्सिलोना अन्तिम १६ मा जाने निर्णय समुहका अन्तिम खेलबाट टुंगो लाग्ने छ । बार्सिलोनाको अन्तिम खेल बायर्न म्युनिखसँग रहेको छ । अन्तिम खेलमा बार्सिलोना पराजित भएमा र बेनिफिकाले डाइनामो किभलाई पराजित गरेमा बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिने छ । तर बेनिफिका बराबरीमा मात्र रोकिएमा भने बार्सिलोना बायर्नसँग पराजित भएपनि अन्तिम १६ मा पुग्ने छ ।

त्यस्तै समुह इ मा बेनिफिकाको ५ खेलमा ५ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ । 

त्यस्तै समुह इ मा बायर्न म्युनिख समुह इमा शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ । आफ्ना पाँचै खेलमा अपराजित रहेको बायर्नको ५ खेलमा १५ अंक रहेको छ ।

त्यस्तै डाइनामो किभको भने ५ खेलमा केवल १ अंक रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै