• २०८१ बैशाख ७ शुक्रबार

एन्टार्कटिकामा पहिलो पटक पुग्यो एयरबसको विमान

kharibot

काठमाडौँ । पहिलो पटक एयरबसको ए३४० विमान एन्टार्कटिकामा अवतरण गरेको छ । बुटिक एभियसन कम्पनि हाइ फ्लाईले एयरबसलाई पहिलो पटक एन्टार्कटिकामा लैजाने व्यवस्था मिलाएको हो ।

विश्वको दक्षिणी कन्टिनेन्टमा रहेको वोल्फ्स  फांग नामको एडभेन्चर क्याम्पको रिसोर्टका लागि आवश्यक सामग्री ढुवानी गर्न यस पटक हाइ फ्लाईले एयरबसको विमान लिएर गएको थियो ।

दक्षिण अफ्रिकाको कप टाउनबाट उडान भरेको यस विमानलाई कप्तान कार्लोस मिरपुरीले उडाएका थिए । कप्तान कार्लोस हाइ फ्लाईक उपाध्यक्ष समेत हुन् ।

विमानले वान वे मा साढे ५ घण्टाको उडान भरेको र एन्टार्कटिकाको भूमिमा करिब ३ घण्टा विताएको बताइएको छ । विमानले २५ सय नटिकल माइलको दुरी कभर गरेको उल्लेख गरिएको छ ।

वोल्फ़ फांग रिसोर्टले सि-लेभल एयरपोर्टको डिजाइनमा बनाएको एयरपोर्टको ब्लू-आइस रनवे रहेको बताइएको छ । प्राविधिक रुपमा यो विमानस्थल नभएपनि विशेष तालिम प्राप्त पाइलटले यस्तो ठाउमा विमान अवतरण गर्न सक्ने बताइएको छ । यसै कारणले पनि अहिले एन्टार्कटिकामा पुगेको एयरबसको चर्चा विश्वभर भइरहेको छ ।

एन्टार्कटिकामा पहिलो उडान १९२८ मा लकहीड भेगा १ मोनोप्लेनले गरेको थियो । जसलाई अस्ट्रेलियाका आर्मीका पाइलट जर्ज हबर्ट विल्किन्सले उडाएका थिए ।

एन्टार्कटिकामा अहिलेसम्म विमानस्थल नभएपनि ५० भन्दा बढी विमान अवतरण गर्न सकिने रनवे आकारका ठाउ रहेको छ ।

अस्ट्रेलिया र दक्षिण अफ्रीकाको एन्टार्कटिकामा विशेष चासो विगतदेखि नै रहदै आएको छ ।

ह्वाइट कन्टिनेन्टको नामले परिचित एन्टार्कटिकामा अहिलेसम्म पानि जहाजबाट पर्यटक जाने गरिरहेकोमा एयरबसको यो विमान पुगेपछि पर्यटन क्षेत्रमा नयाँ उत्साह भने देखिएको छ । आउदा दिनमा यस्तै किसिमका विमान व्यावसायिक रुपमा एन्टार्कटिकामा जानसक्ने सम्भावनाको ढोका यस घटनाले खोलिदिएको विश्लेषण गरिएको छ ।
         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै