• २०८१ बैशाख ८ शनिबार

रुपन्देहीमा काँग्रेस अधिवेशनको मतगणना स्थलमा उम्मेदवार कुटिए

kharibot

बुटवल । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कुटाकुट भएको छ ।

सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको अवस्थामा अचानक विवाद सिर्जना भएपछि कुटाकुट भएको हो ।

मतगणना स्थलमा भएको कुटाकुटमा पौडेल समुहबाट महाधिवेशन प्रतिनिधीका उम्मेदवार दिर्घ बहादुर केसीमाथि आक्रमण भएको छ ।

देउवा समुहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा गम्भीर चोट लागेको बताइएको छ ।

केसीको लुम्विनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षम उपचार भईरहेको नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डेले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै